कोरोना संक्रमित भागे प्रहरीले गो’ली चलाउन सक्ने


जेठ २, काठमाडौं । पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गो’ली समेत चलाउन सक्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले यो निर्णय गरेको हो ।

बैठकको निर्णय नं. ३ मा भनिएको छ, ‘अब उप्रान्त भर्ना भएका संक्रमित भाग्न नदिन सुरक्षा निकायले उच्च सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने र यसका लागि सुरक्षा निकायलाई गो’ली समेत चलाउन सक्ने अधिकारी प्रदान गर्ने ।’

बिहीबार नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना संक्रमित फरार भएका थिए । बैठकले स्थानीय प्रशासन ऐनअनुसार ३० वैशाखदेखि लागू गरिएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउने पनि निर्णय गरेको छ ।

बैठकमा नारायणी अस्प्तालका डा. मदन उपाध्याय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, नेपाली सेनाको चण्डीप्रसाद गणका प्रमुख सेनानी मदनजंग राणा, नेपाल प्रहरीकी एसपी गंगा पन्त, सशस्त्र प्रहरीका एसपी दिवेन्द्र कुँवर, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक कुमार खड्का र वीरगञ्ज महानगरका मेयर विजयकुमार सरावगी उपस्थित थिए ।

२०७७ जेष्ठ २,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको