जेठ २, काठमाडौं । भाेलीदेखि जिल्लाभित्र पनि सवारी चलाउन नपाइने भएकाे छ ।
सरकारले शनिबारदेखि लागू हुनेगरी सवारीसाधन चलाउनका लागि यसअघि जारी भएका सबै पास रद्द गर्ने निर्णय गरेको छ ।
बिहीबारदेखि एक जिल्लाबाट अर्को जिल्ला जाने पास रद्द गरेको सरकारले शनिबारदेखि भने जिल्लाभित्रै पनि यसअघि वितरित पासलाई मान्यता नदिने निर्णय गरिएको हो ।
गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले सञ्चारमाध्यमहरुलाई जेठ ३ गतेदेखि लागू हुने गरी यसअघि जारी भएका कुनैपनि पासले मान्यता नपाउने निर्णय गरेकेा हाे ।
कारोनाभाइरसको संक्रमण बढेसँगै गृहमन्त्रालयले लकडाउनलाई थप कडा बनाउन वितरित पास अमान्य बनाएको हो । नेपालमा हालसम्म २५८ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस