सत्तारुढ नेकपाको सचिवालय बैठक सकियो


जेठ २, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमकारे छलफल भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास वालुवाटार बसेको बैठकमा शुक्रबार राट्रपतिले संसदमा प्रतुत गर्न लागेको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमकारे छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमका बारेमा सचिवालयको धारणा माग गरेका थिए । तर बैठकमा स्थायी कमिटी बैठकबारे छलफल नै भएन । प्रवक्ता श्रेष्ठले स्थायी कमिटी बैठकबारे सरकारको नीति तथा कार्यक्रमपछि छलफल हुने बताए ।

मिति तोकेपछि २ पटकसम्म स्थगित भएको स्थायी समिति बैठकबारे भने यस बैठकमा कुनै छलफल भएन प्रवक्ता श्रेष्ठले भने ‘आजको बैठकमा त्यसको कुनै टुंगो भएको छैन, नीति तथा कार्यक्रमपछि सचिवालय बैठकका बीचमा केही छलफल होला’ ।

२ जेष्ठ २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको