थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमित संख्या २५८ पुग्‍यो


जेठ २, काठमाडौँ । थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार ९ जना पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरूमा ८ जना बाँकेका र एक जना मकवानपुरका ३७ वर्षिय पुरुष रहेका छन्। बाँकेका ८ संक्रमितहरू त्यहाँको नरैनापुर वडा नम्बर १, ३ र ५ का वासिन्दा हुन्। संक्रमितहरूको उमेर १८ देखि ३६ वर्षसम्म रहेको छ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ५८ पुगेको छ। मन्त्रालयले हाल उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगन्जमा गरिएको परीक्षणले उनीहरूमा कोरोना भएको पुष्टि गरेको हो।

२०७७ जेष्ठ २,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको