कास्कीको लुम्लेलाई केन्द्र बनाएर भूकम्पको धक्का


चैत २, काठमाडौं । कास्की जिल्लासहित आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।

कास्कीको लुम्ले केन्द्रबिन्दु ५.० रेक्टर स्केलको भूकम्प गएको हो । आइतबार साँझ ८:४५ बजे लुम्ले केन्द्र बनाए ५ रेक्टर स्केलको स्केल रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रको जानकारी दिएको छ ।

यसको धक्का पर्वत, बागलुङसहित चितवनमा पनि महसुस गरिएको बताइएको छ । भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर निस्किएका थिए । २०७२ मा गएको विनासकारी भूकम्पपछि नेपालमा बेलाबेलामा पराकम्पका धक्का महसुस हुने गरेका छन् ।

२ चैत्र २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको