अबैज्ञानिक वन फडानीबारे विप्लव नेकपाको गम्भिर ध्यानाकर्षण [विज्ञप्ति]


चैत २, काठमाडौं । विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले बैज्ञानिक वन व्यवस्थापनका नाममा भइरहेको वन फडानीबारे आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

देशका विभिन्न ठाउँमा सरकारले बैज्ञानिक वन व्यवस्थापन गर्न भन्दै रुखहरु काट्न थालेपछि नेकपाले यस्ता हर्कतहरु रोक्न चेतावनी दिएको छ ।

आइतबार नेकपाको सेतिमहाकाली व्युरोले एक विज्ञप्ति जारी गर्दै केही दलाल राजनीतिक कर्मी कमिखनखोर कर्मचारी, नाफाखोर सामुदायिक वन समिति, वन माफिया र काठ व्यवसायहरुले जनताको सम्पतिको दुरुपयोग गरि कमाइखाने माध्ययम बनाएको जनाएको छ ।

व्यरो इन्चार्ज निर्माणद्वारा जारी विज्ञप्तिमा केही दलाल माफियाहरुले आफ्नो पार्टीसँग पनि सहकार्य रहेको भन्दै गलत प्रचार गरिएको र त्यसको पछि नलाग्न सबैलाई आग्रह गरिएको छ ।

विज्ञप्तिमा सरकारले गरेको उक्त कार्यको जनस्थरबाट प्रतिरोध गर्न जिल्ला कमिटीहरुलाई निर्देशन दिइसकिएको बताइएको छ ।

हेर्नुहोस विज्ञप्ति

२ चैत्र २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको