कोरोनाबारे सार्क राष्ट्रबीच भिडिओ कन्फरेन्स सुरु [भिडियो]


चैत २, काठमाडौं । कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न दक्षिण एसियाली सहयोग संगठन (सार्क) सार्कका राष्ट्र तथा सरकार प्रमुखहरूको भिडियो कन्फ्रेन्स सुरु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा सार्क राष्ट्रका सार्कका राष्ट्र तथा सरकार प्रमुखहरू भिडियो कन्फ्रेन्सका लागि सहमत भएका हुन् ।

भिडियो कन्फरेन्समा बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्ष, माल्दिभ्सका राष्ट्रपति, अफगानिस्तानका राष्ट्रपति असरफ गानी सहभागी छन्।

भिडियो कन्फ्रेन्समा सहभागी हुन दुई साता अघि मात्र मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीसमेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवार पुगेका छन् ।

भिडियो हेर्नुस

२ चैत्र २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको