भारतमा कोरोना संक्रमितको संख्या १०० नाघ्यो 


चैत २, नयाँदिल्ली । छिमेकी भारतमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १ सय ७ पुगेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार त्यहाँ २४ जना नयाँ बिरामी फेला परेका हुन्। कोरोनाका धेरै बिरामी महाराष्ट्र राज्यमा देखिएका छन् । त्यहाँ अहिलेसम्म ३१ जनामा कोरोना भाइरस देखिएको छ।

अर्को दक्षिणी राज्य केरलामा २२ जना संक्रमित भेटिएका छन्। नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा भने अहिलेसम्म ११ जनामा यो भाइरस देखिएको छ ।

कर्नाटकमा ६, दिल्लीमा ७, लद्दाखमा ३, राजस्थान र जम्मु-कस्मिरमा २-२ जनामा संक्रमण पुष्टि भएको छ। तेलंगना, तमिलनाडु, आन्ध्रप्रदेश र पञ्जाबमा पनि १-१ जना बिरामी भेटिएका छन् । हरियाणा राज्यमा रहेका १७ जना सबै संक्रमित विदेशी हुन्।

कोरोना भाइरसका कारण भारतमा अहिलेसम्म दुई जनाले ज्यान गुमाएका छन् । अधिकारीहरूले ठूलो मात्रामा परीक्षण गर्न बाँकी रहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने बताएका छन् ।

२ चैत्र २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको