माैलिक पन्चे बाजा गीत “जन्ती” सार्वजनिक


पूर्ण बुढा मगर, काठमाडौं । नेपाली लाेक संगीतकाे बजारमा माैलिक भाकामा निर्माण गरिएकाे कुमार केसीकाे पन्चे बाजा गीत जन्ती सार्बजिक भएकाे छ । भबिन्द्र कुमार कुवरकाे शब्द/ लयमा कुमार के सी र देवी घर्तिकाे अावाज छ ।

उक्त गीतलाई लेकाली रेकर्डिङ स्टुडियोले गरेकाे छ भने ध्वनी सम्पादन मान बहादुर बराल मगरले गरेका छन् । यम लिम्बूकाे निर्देशनमा रिस्मा राम्जाली मगर र नवीन के सीले अभिनय गरेका छन ।

करण चैसिरकाे छायांकन र राजेश कुमारले सम्पादन गरेको म्युजिक भिडियोमा खास गरि म्याग्दी जिल्लाकाे माैलिक परिबेशमा निर्माण गरिएकाे छ । गीतले बजारमा चर्चा पाउने अास गरिएकाे छ । म्युजिक भिडियोलाई नवीन केसी नामक अाधिकारीक यूट्युब च्यानलबाट सार्बजनिक गरिएकाे छ ।

भिडियो लिंक

२०७६ चैत्र २,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको