राेल्पाबाट सल्यान माइती भित्रिन आएका जन्ती प्रहरीकाे फन्दामा परेपछि…

सांकेतिक तस्बिर

खकेन्द्र केसी/चैत २, सल्यान । राेल्पा गंगादेव गाउँपालिकाका (नाम परिवर्तन) सविनले सल्यान दार्मा गाउँपालिकाकी (नाम परिवर्तन) सविनासँग २ महिनाअघि विवाह गरे ।

सविनाकाे उमेर २० वर्ष पुगेपनि सविनकाे उमेर २० वर्ष पुगेकाे थिएन् तर दुवैकाे भाेजभतेर सहित धुलधामले बिहे भयाे । नेपालकाे कानुनमा २० वर्ष नपुगी बिहे गर्नेलाइ बालबिवाह भनिन्छ ।

बिवाह भएकाे दुइ महिना पनि हिजाे शुक्रबार फागुन ३० गते माइती पक्षले दुलहा दुलहीलाइ भित्र्याउने भनेर राेल्पाबाट सल्यानकाे दार्मामा बाेलायाे । त्यहि अनुसारले माइती पक्षले दार्मामा सबै तयारी गरेर छरछिमेक र आफन्तजनलाइ निमन्त्रणा गरे । घरपक्षले पनि जन्ती जाने भनेर ४५ जन्ती बनाइ गाडी बुकिङ गरेर राेल्पाबाट सल्यान तर्फ हिडे ।

सल्यानकाे काेटमाैला पातिहाल्न हुँदै बागचाैरबाट बांगेलाखुरीसम्म दुलहादुलही सहितकाे जन्ती बस पुगेकाे थियाे एक्कासी प्रहरीले बस राेक्याे । कारण थियाे दुलहाकाे उमेर नपुगेर बालबिवाह हुन लागेकाे भनेर प्रहरीलाइ सुचना पुग्याे । त्यहि कारणले गर्दा प्रहरीले बिवाह राेक्ने भन्दै बस राेक्याे । प्रहरीले जन्तीलाइ त्यहि बसमा घरतर्फ फिर्ता गरिदियाे भने दुलहादुलही र आमाबुबालाइ इप्रका थारमारेमा लग्याे ।

दुलहा घरमा, दुलही माइतमा

जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर लक्ष्मण वलीले भने, ‘प्रहरीले सोधपुछ गर्दा साँच्चै नै बेहुलाको उमेर पुगेको रहेनछ । त्यसपछि हामीले उमेर पुगेपछि मात्रै बिहे गर्ने सहमतीमा बेहुलालाइ आफ्नै घर राेल्पा र बेहुलीलाइ माइती घर सल्यान पठाइदिएका छाैं ।” यदि प्रहरीले बिहे गर्न लागेकाे विवाहमण्डपबाटै पक्राउ गरेकाे भए कानुनी कारबाही गर्नुपर्ने बाध्यता हुन्थ्याे ।

बेहुलीको उमेर २० वर्ष पूरा भएर २१ लागेको तर बेहुलाको उमेर भने २० वर्ष पुग्न अझै तीन महिना बाँकी रहेको इन्स्पेक्टर वलीले बताए । बिवाह हुनभन्दा पनि त्यसअघि नै राेकेर अरूलाइ पाठ सिकाउनु राम्राे हुने उनले बताए । यसले गर्दा अब अन्य बालबालिकाले पनि बालबिवाह गर्न डराउने उनकाे भनाइ छ ।

नेपालकाे संविधानअनुसार बालविवाह गरे/गराए वा संलग्न भएको खण्डमा दुलाहा, दुलहीसहित संलग्नलाईसमेत तीन वर्ष कैद वा ३० हजार जरिवाना अथवा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

पछिल्लो समय सल्यानमा बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरेको प्रहरीलाई स्थानीय तह, मानवअधिकारकर्मी, स्थानीय लगायतले साथ दिँदै आएको छ ।

२०७६ चैत्र २,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको