ईपीएल क्रिकेटः गत सिजन ललितपुरबाट खेलेका सन्दीपले काठमाडौंबाट खेल्ने


माघ १, काठमाडौं । घरेलु क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने काठमाडौं किङ्स ११ बाट खेल्ने भएका छन् ।

बुधबार आयोजकले आफ्नो फेसबुक पेजमा सन्दीप काठमाडौं बाट खेल्ने घोषणा गरेको हो । सन्दीपले अघिल्लो बर्ष ललितपुर प्याट्रियट्सबाट खेलेका थिए ।

ललितपुरले खुल्ला गरेपछि उनलाई काठमाडौंले लिएको हो । अहिले अस्ट्रेलियाको बिग बास (बीबिएल) मा व्यस्त रहेका सन्दीपलाई काठमाडौंका प्रशिक्षक विनोद दासले टिममा लिएका हुन् ।

एभरेष्ट प्रिमियर लिग चैत १ देखि १५ सम्म किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ । यस सिजनमा अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नाम चलेका खेलाडी ल्याउने ईपीएल आयोजकले जनाएको छ ।

१ माघ २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको