७ महिनापछि खुल्दै ग्लोबल आइएमई बैंकको सेयर कारोबार


माघ १, काठमाडौं । दोस्रो बजारमा ग्लोबल आइएमई बैंकको सेयर बिहीबारदेखि खुल्ने हुने भएको छ।

जनतासँगको मर्जर प्रकृयाँले विगत सात महिनादेखि रोकिएको कारोबार खुला हुने भएको हो। ग्लोबलले साविकको जनता बैंकलाई १ सय बराबर ‍८५ कित्ताको अनुपातमा गाभेको थियो।

मर्जरको प्रक्रियाले गर्दा दुवै बैंकको सेयर कारोबार असार ४ गतेदेखि रोक्का गरिएको थियो। दुवै बैंक एक आपसमा गाभिएर मंसिर २० गतेदेखि एकीकृत कारोबार सुरु भएको थियो।

मर्जपछि स्वाप कायम भएको शेयर पूँजी कम्पनी रजिस्टारको कार्यालयमा दर्ता गराउनेदेखि लिएर दोस्रो बजारमा सूचीकृत भने ४० दिन बढी लागेको हो।

मर्ज हुनुअघि जनता बैंकको सेयर पूँजी ८ अर्ब ४८ करोड रुपैयाँ थियो। तर स्वाप रेसियोका आधारमा उक्त पुँजीको ८५ प्रतिशत मात्र ग्लोबल आइएमई बैंकको चुक्तापुँजीमा थपिएको छ।

त्यस्तै ग्लोबल आइएमईको ११ अर्ब ७६ करोड रुपैयाँ थियो। मर्ज अगाडि ग्लोबल आइएमईको बजार मूल्य २९५ रुपैयाँ थियो भने जनताको २१४ रुपैयाँ थियो।

१ माघ २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको