नेक्सनपछि टाटाकै अल्ट्रोजले क्रयास टेष्टमा पायो ‘फाइभ स्टार’ रेटिङ


माघ १, काठमाडौं । नेक्सनपछि टाटाको अल्ट्रोजले क्रयास टेष्टमा ‘फाइभ स्टार’ रेटिङ पाएको छ । अल्ट्रोजले ग्लोबल न्यू कार एसिस्मेन्ट प्रोगामले गरेको क्रयास टेष्टमा ‘फाइभ स्टार’ रेटिङ पाएको हो ।

यसले चाइल्ड सेफ्टीमा भने ‘थ्रि स्टार’ पाएको छ । अल्ट्रोज ‘फाइभ स्टार’ रेटिङ पाउने भारतम बनेको दोस्रो गाडी हो । यसअघि टाटाकै नेक्सनले ‘फाइभ स्टार’ रेटिङ पाएको थियो ।

टाटाको यो परिणामले अन्य कार निर्माता कम्पनीलाई पनि सुरक्षित कार उत्पादन गर्न प्रोत्साहन गर्ने ग्लोबल एनक्यापका प्रमुख कार्यकारी अधिकृत डेभिड वार्डले बताए ।

अल्ट्रोजल जनवरी २२ मा भारतमा लन्च हुँदैछ भने टाटाको लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नेपालमा पनि छिट्टै सार्वजनिक गर्ने तयारी थालेको छ ।

१ माघ २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको