ललिता निवासको जग्गा कब्जा गरेको विप्लव नेकपाको घोषणा


माघ १, काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले बालुवाटारस्थित ललित निवासको जग्गा कब्जा गरेको घोषणा गरेको छ ।

विप्लव नेकपाले बुधबार साँझ जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको नागार्जुन १ नर्सरीचोकस्थित घरमा समेत विस्फोट गराएको थियो ।

बम विस्फोटस्थलमा बालुवाटारको जग्गामा समेत कब्जा गरिएको ब्यानर राखिएको भेटिएको छ । जसमा ११५ रोपनी जग्गा पार्टीको मातहतमा आउने गरी कब्जा गरिएको उल्लेख छ ।

सरकारी जग्गा माफियाहरुले किनबेच गरेकाले कब्जा गरेको सूचनामा उल्लेख छ । उक्त पर्चामा बालुवाटारको जग्गा कब्जा गर्नेलाई पार्टीले कारवाही गर्ने पनि उल्लेख गरिएको छ ।

‘बालुवाटारस्थित ललिता निवासको जग्गा माफियाका नाइकेहरु भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, भू–माफियाहरु शोभाकान्त ढकाल र रामकुमार सुवेदीको चंगुलमा परेर राज्य सञ्चालकले सुवर्ण शम्शेरको सन्तानबाट तथाकथित मोही सिर्जना गरेको हो’, पर्चामा लेखिएको छ ।

बालुवाटरको १४३ रोपनी जग्गा खरिद गर्नेमा ढकाल पनि एक हुन् । विस्फोटले घरको सिसा फुटको छ भने गेटमासमेत क्षति पुगेको छ। प्रहरीले अज्ञात समूहले बम विस्फोट गराएको बताएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले विस्फोटको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

२०७६ माघ १,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको