ललिता निवास प्रकरणमा मुछिएका ढकालको घरमा बम विस्फोट

फाइल तस्बिर

माघ १, काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ ।

ढकालको सानो भर्‍याङस्थित घरमा बुधबार साँझ बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीलेका अनुसार विस्फोटबाट ढकालको घरको पार्किङमा राखिएको कार र गेटमा क्षति पुगेको छ । घरको गेटभित्र भएको विस्फोटका कारण घरका शिशा र गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

बिस्फाेटमा कुनै मानवीय क्षति नभएकाे प्रहरीले जनाएकाे छ । बम विस्फोट किन र कसले गराएको भन्नेबारे केही नखुलेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

१ माघ २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको