शेयर बजारमा २० अंकको सुधार


माघ १, काठमाडौं । शेयर बजारमा बुधबार २०.८५ अंकको सुधार देखिएको छ ।

पछिल्लो समय उकालो लागेको बजार मंगलबार ७ अंकले घटेको थियो । तर बुधबार बजार फेरि बढ्न थालेको छ ।

बुधबार शेयर सूचक बढेसँगै १२८४.२३ अंकमा पुगेर बन्द भएको छ। बुधबार ९० करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ। १ सय ७७ कम्पनीको कारोबार हुदाँ दिनभरि ३० लाख ५५ हजार कित्ता शेयर किनबेच भयो।

बुधवार होटल, उत्पादनमूलक र अन्य बाहेक सबै उपसूचक बढेका छन्। बुधबार बैकिङ समूह २७.१६ अंकले बढ्यो, भने ट्रेडिङ ६३.४७, विकास बैंक ३५.४२, जीवन बीमा ८१.०७ र माइक्रोफाइनान्स २७.२ अंकले सुधार देखियो।

कारोबार रकमको हिसाबले एनआइसी एशिया सबैभन्दा अघि रह्यो। आज बैंकको ७ करोड ४० लाखको कारोबार हुदाँ एनएमबी बैंकको शेयर ३ करोड १८ लाखको कारोबार भयो।

यस्तै, नेपाल बैंक लिमिटेड, नागरिक लगानी कोष, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, डिप्रोक्स लघुवित्त वित्तीय संस्था र एभरेष्ट बैंकको २ करोडभन्दा बढीको कारोबार भयो।

२०७६ माघ १,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको