तनहुँमा प्रहरीको भ्यान दुर्घटना हुँदा १ को मृत्यु, ३१ जना घाइते


माघ १, चितवन । तनहुँको देवघाट गाउँपालिका ५ कालिमाटीमा प्रहरी सवार भ्यान दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको अन्य ३१ जना घाइते भएका छन् ।

मृत्यु हुने प्रहरी जवान सन्दीप केसी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ ।

देवघाटको माघे संक्रान्ति मेलाको सुरक्षाका पोखराबाट आएको बा १ ग २११८ नम्वरको गाडी फर्कने क्रममा दासढुङ्गा पुलपारी घुम्तीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय जुगेडीले जानकारी दिएको छ । गाडीमा ३४ प्रहरी सवार थिए ।

घाइतेमध्ये २६ जनाको पुरानो मेडिकल कलेज र ५ जनाका नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

१ माघ २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको