माघ ०१, काठमान्डौ । पशुपति अन्नपूर्णा आश्रम बागबती प्रदेशबाट मकर माघे सक्रान्तिको अबसरमा बालबालिकाहरुलाई खाद्यान्न वितरण गरिएको छ । माघ १ गते बुधबार बिहान ५ वटा गुरुकुल र ११ वटा बालाश्रमलाई एक बर्ष पुग्ने अन्न, तेल, नुन, कालो मास, लुगा धुने साबुन दिएर पशुपति अन्नपूर्णा आश्रमले अन्नदान गरेको छ ।
त्यसैगरी पशुपति अन्नपुर्णा आश्रमले सुर्यविनायकमा रहेको पाइलोट बाबा गुरुकुललाई न्यानो कपडा बाँडेको राष्ट्रिय समाजसेवी प्रा.डा. वैद्यले जानकारी दिए । आफ्नो पौष महिनाको तलबबाट आश्रमका शाखा अधिकृत कल्पना गौतमले १४ थान कपडा गुरुकुलका बालबालिकालाई गत मंगलबार हस्तान्तरण गरेकी थिइन् ।
सामाजिक सेवामा जुटिरहेको पशुपति अन्नपुर्णा आश्रमलाई नुवाकोट जिल्ला सभापति शंकर प्रशाद तिवारीले पानी तान्ने मेसिन हस्तान्तरण गरेका छन् । कार्यलयको प्रयोजनका लागि उनले निशुल्क प्रदान गरेको तिवारीले जनाए । आश्रमका केन्द्रिय अध्यक्ष तथा राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश वैद्यलाई उक्त मेसिन हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस