भिजिट नेपाल २०२० पर्यटन प्रवर्धनका लागि युकेका राजदुत माल्टा भ्रमणमा


माघ १, माल्टा । युकेका लागि नेपाली राजदुत तथा माल्टाका लागि गैरआबासीय राजदुत डा. दुर्गा बहादुर सुबेदी लन्डनबाट माल्टाको भ्रमणमा रहेका छन् । उनको भ्रमण ‘भिजिट नेपाल २०२०’ को उद्घाटन तथा पर्यटन प्रवर्धनका लागि हुने बताएको छ ।

राजदुत सुबेदीसंग द्वितीय सचिव लव सुबेदी पनि भ्रमण रहेका छन् । माल्टाको राजधानी भालेटामा बुधबार १५ तारिखका दिन भिजिट नेपाल २०२० को अफिसियल उद्घाटन हुँदैछ । उक्त कार्यक्रम ३ बजे देखि सुरु हुने छ ।

गैरआवासीय नेपाली संघ माल्टा, नेपाल टुरिजम बोर्ड र दुताबासको समन्वयमा विधिवतरुपमा उद्घाटन हुने भएको हो ।

उद्घाटन कार्यक्रममा स्थानीय मेयर, काउन्सिलर लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने गैर आवासीय नेपाली संघ केन्द्रिय सल्लाहकार तथा एनआरएनए आइसिसि भिजिट नेपाल २०२० स्पेशियल टाक्सफोर्सका अन्तर्राष्ट्रिय मोडरेटर सोम सापकोटाले बताए ।

यसरि भयो भिजिट नेपाल २०२० को प्रचारप्रसार

माल्टाको एक स्थानीय ट्रान्सपोर्टको समन्वयमा ‘भिजिट नेपाल २०२०’ प्रचार प्रसार तथा प्रबर्धन हुने गरि यातायातहरुमा पोस्टर टास्ने कार्य सम्पन्न भएको छ ।

विश्वकै अग्लो शिखर सगरमाथाको तस्बिर र बुद्ध भूमिको प्रतिक बौधको तस्बिर संगै विभिन्न नेपाली सांस्कृतिक पहिरन झल्किने ठुला पोष्टरहरु गाडीमा टाँसेर प्रसारप्रसारलाई ब्यापक बनाइएको एनआरएनए आइसिसि भिजिट नेपाल २०२० स्पेशियल टाक्सफोर्सका अन्तर्राष्ट्रिय मोडरेटर सोम सापकोटाले बताए । यस्तो कार्यक्रमले भिजिट नेपाल २०२० को लागि निकै राम्रो टेवा पुग्ने बिश्वास समेत सापकोटाले व्यक्त गरे ।

यस्तो छ राजदुतको भ्रमण तालिका

बुधबार ९ बजे माल्टाका सभामुख संग भेटघाट कार्यक्रम रहेको छ । ११ बजे माल्टाका स्थानीय मेयर र काउन्सिलर संग भेटघाट तथा छलफल रहेको छ भने ३ बजे माल्टाका परराष्ट्रमन्त्रि संग भेटघाट हुने कार्यक्रम तय भएको छ ।

भेटघाटकार्यक्रमको बिचमा १२ बजे गोल्डेन एभरेष्ट ग्रुपद्वारा पहिलो नेपाली सुपरमार्केटको उद्घाटन कार्यक्रम हुनेछ । त्यसैगरी एभरेष्टले नै लन्च गरेको गोल्डेन बियरको समेत उद्घाटन हुने कार्यक्रम रहेको छ ।

बिहिबार १६ तारिखमा माल्टा स्थित विभिन्न नेपाली संघसंस्थाहरु संग भेटघाट गर्ने कार्यक्रम रहेको छ भने माल्टाका प्रधानमन्त्रीसंग पनि भेटघाट कार्यक्रम रहेको छ ।

१७ तारिखका दिन अन्य कुटनीतिक निकायहरु संग समेत भेटघाट हुने र भिजिट नेपाल २०२० को लागि अफिसियल निमन्त्रणा हुने जनाइएको छ । विभिन्न भेटघाटपछि माल्टाका लागि काउन्सि सेवा समेत प्रदान गरिने भएको छ ।

१८ तारिखमा राजदुत सहितको भ्रमण टोलि फर्किने कार्यक्रम रहेको छ ।

भेटघाट कार्यक्रममा दुई देश बीचको मैत्री सम्बन्ध बारे र भिजिट नेपाल २०२० कार्यक्रमको लक्ष्य र उदेश्य बारे बिशेष जानकारी मुलक छलफल हुने सापकोटाले जानकारी दिए ।

१ माघ २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको