नेपाल चलचित्र संघद्वारा फिल्म हल खोल्ने स्वघोषणा


मङ्सिर २९, काठमाडौँ । नेपाल चलचित्र संघले आगामी पुस १० देखि फिल्म हल सञ्चालनमा ल्याउने स्वघोषणा गरेको छ ।

कोरोना जोखिमका कारण बन्द गरिएका हल ९ महिना बितिसक्दा पनि सरकारले खोल्ने कुनै निर्णय नगरेपछि संघमा आबद्ध हल सञ्चालकले हल खोल्ने स्वघोषणा गरेका हुन् ।

‘सरकारले हाम्रो आवाज सुनेन । हामी धेरै मारमा पर्‍यौं । अब हामी विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्य मन्त्रालयको सम्पूर्ण मापदण्ड अपनाएर हल खोल्छौं,’ चलचित्र संघका अध्यक्ष मदुसुधन प्रधानले भने, ‘सरकारले जेल हाले अब जेल जान्छौं तर हल बन्द गर्दैनौं । भाटभटेनी, होटल रेस्टुरेन्ट खुले । चिडियाखाना खुल्यो । हल मात्र किन बन्द राख्‍ने ? सरकारले त हामीलाई अनागरिकलाई झैं व्यवहार गर्‍यौं ।’

हेर्नुस विज्ञप्ति 

२९ मंसिर २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको