ओली सरकार भ्रष्टाचारमा डुबिसक्यो: रामचन्द्र पौडेल


मङ्सिर २९, काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचारमा डुबिसकेको बताएका छन्।

सरकारविरूद्ध काठमाडौंमा आज भएको प्रदर्शन पछिको कोणसभामा बोल्दै उनले वाइडबडिदेखि औषधि खरिदसम्म भ्रष्टाचार भएको बताए।

‘यो सरकार भ्रष्टचारमा डुब्यो। यतिमात्र होइन, कम्युनिष्ट पार्टीका नेताहरूले भनिसके, यो सरकार नालायकी हो। भ्रष्टाचारी हो,’ उनले भने।

नेकपाकै बहुमत नेताले ओली सरकार भ्रष्टाचारमा डुबेको बताइसकेको उनको भनाइ छ। उनले प्रधानमन्त्री कार्यालय सबैभन्दा बढी भ्रष्टाचारी भएको आरोप पनि लगाएका छन्।

‘बढी शक्तिले धेरै भ्रष्ट बनाउँछ भन्ने प्रधानमन्त्री कार्यालयमा देखियो,’ उनले भने। उनले कांग्रेसका पालामा पनि भ्रष्टाचार भएको बताएका थिए। उनले भ्रष्टाचार गर्नेलाई विगतमा कारवाहीसमेत गरिएको बताए।

मन्त्रीहरूले भष्टाचार गरेका काण्ड बाहिर आउँदा प्रधानमन्त्रीले चोख्याउने काम गर्ने गरेको उनको आरोप छ। ‘सरकारले भ्रष्टाचार रोक्न सकेन। न्याय प्रणालीकोसमेत धज्जी उडाइएको छ,’ उनले भने।

२९ मंसिर २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको