रोल्पामा जनयुद्धबाट फर्केका रामबहादुर स्याउखेतीमा रमाउँदै


मङ्सिर २८, रोल्पा । रोल्पाको थबाङ गाउँपालिकामा पर्ने चलबाङ स्याउखेतीको लागि उर्भरभूमी मानिन्छ । पालिका अन्तर्गत पर्ने चलबाङ स्याउखेतीको लागि अतिनै उपयोगी ठाउँ पनि हो । स्याउखेती गरेरै जीवन निर्बाह गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हुन् रामबहादुर पुन । जनयुद्धबाट फर्केर स्याउखेतीमा रमाइरहेका छन्, पुन । चलाबाङमै जन्मेका रामबहादुर पुन अहिले ५४ वर्ष पुगिसके ।

उमेरछदा कमाउनतिर नलागेर राज्यसत्ता कब्जा गरी जनताको जनसत्ता निर्माण गर्नतिर कम्मर कसेर जनयुद्धमा होमिएका थिए, पुन । तर, विडम्बना शान्ति प्रक्रिया पश्चात आफूहरुले देखेको सपना सपनामै सीमित भएजस्तै लाग्छ, उनलाई । अब ती सपनामा देखिएका आस र विश्वासहरुका सपनाहरु जलेर पुरै खरानी झै भएका छन् । परिवारलाई नै पुरै विर्सिएर जनयुद्धमा होमिएका पुनले थुप्रै दुःख र कष्टपूर्ण कुरालाई भुलेर यद्धमा सरिक भएका थिए ।

उनले जनयुद्धमा गरेका त्याग, तपस्या र योगदानहरु सम्झदा बिरक्त लागेर आउँछ । जुन व्यवस्थालाई जरैबाट उखेलर फाल्ने प्रतिवद्धताका साथ युद्धको मैदानमा होमिएका नेताहरु आज ती व्यवस्थामा लामबद्ध भएको देख्दा पुनलाई उदेक लागेर आउँछ । अब त जो जसले हामी क्रान्ति गछौं भनेर हिड्छन् त्यो हिजोको कुराले सम्झदा जुन जोगी आएपनि कानै चिरेको भनेजस्तो लाग्छ उनलाई ।

हिजोको दिनमा जनयुद्ध सरिक हुँदै गर्दा जुन उर्भराउँदो शक्ति थियो । त्यो शक्ति आज आएर कुहिएको फर्सिझै भएको छ । जनयुद्धमै लागेको थाहा पाएर सत्तापक्षका सैनिकहरुले आफ्नो घर जलाइदिएको कुरा अझै पनि ताजै जस्तो लाग्छ । जलेको घर सम्झदा त उनलाई भावुक बनाउँछ । विरक्त लागेर आउँछ, उनलाई ।

शान्ति प्रक्रिया पश्चात घरमै आएर बसे रामबहादुर पुन । तत्कालिन माओवादीको डिजाइनमा किसान संगठनद्धारा चलाबाङमा स्याउखेतीको शुरुवात गरेको थियो । निरास भएर घर फर्किएका पुनले जीवन धान्नको लागि स्याउखेती गर्ने सोच बनाए । त्यसको ठिक एकवर्षपछि चलबाङ आफ्नै जग्गामा एक सयवटा स्याउका विरुवा रोपेर स्याउँखेतीको सुरुवात गरे । विस्तरै दिन वित्यो, समय वित्यो क्रमसँगै स्याउका विरुवापनि हुर्किदै ठुला भए र स्याउँ फल्न सुरुवात गरे । र, विस्तारै आम्दानीको स्रोत बन्न पुगेको उनले सम्झन्छन् ।

पछिल्लो चरणमा स्याउखेतीबाट राम्रै आम्दानी दिन थाल्यो र चलबाङ अर्गानि स्याउ उत्पादन केन्द्र स्थापना गरेको रामबहादुर पुनले बताए । स्याउखेतीमा आवद्ध भएको र पछिल्लो समयमा व्यावसायीक स्याउखेतीबाट राम्रो आम्दानी लिएको र जीवन निर्वाह गर्न सहजै भएको बताए । स्याउखेतीबाट गतवर्ष करिब चारलाख बराबरको आम्दानी गरेको र यो वर्ष स्याउ त्यती राम्रो नफेलेको भएर दुई लाख पँचास हजजार बराबरको आम्दानी पाप्त गर्न सफल भएकोे समेत उनको भनाई थियो ।

“स्याउखेनीको आम्दानीबाटै जलेको घर बनाए उनले भने, स्याउखेतीकै आम्दानीबाट घरखर्च चलाई रहेको छु । र, छोराछोरी पढाउ सहजता भएको छ । बुढेसकालका सहारा पनि बनिरहेको छ ।”

जनयुद्धका तत्कालिन द्धन्द्ध पीडितहरुलाई दिइने राहत कहाँ छ, कस्तो हुन्छ भन्ने जस्तो भएको र अब त्यो राहतको आसपनि नभएको उनले गुनासो पोखे । स्थानीय तहबाट पाइने कृषि अनुदान कार्यक्रमहरु प्नि अहिलेसम्म नपाएको र आफ्नै आम्दानीबाट स्याउको बोटलाई चाहिने मलजल र स्याउका बोटलाई पशुचौपायबाट बचाउँन तारबार गरेको उनको भनाई छ ।

२९ मंसिर २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको