शिक्षक वलीको रिहाईको मागगर्दै अखिल नेपाल शिक्षक संगठन गंगादेवको गम्भीर ध्यानाकार्षण


कार्तिक २९, रोल्पा । आस्थावान शिक्षकको गिरफ्तारी प्रति अखिल नेपाल शिक्षक संगठन गंगादेव रोल्पाले आफ्नो ध्यानाकार्षण गराएको छ । श्री जनता बिकास आधारभूत बिद्यालय गंगादेव ४ सुपाटोड्केमा अध्यापन गराई रहेका स्थायी शिक्षक रमेश कुमार वलीलाई प्रहरीले गिरफ्तार गरि बिनाकारण हिरासत राखेको भन्दै प्रतिबन्धित नेकपा निकट शिक्षक संगठन गंगादेबले रिहाईको समेत माग गरेको छ ।

गएको कार्तिक २० गते बिद्यालयमा अध्यायन गराई रहेका शिक्षक वलीलाई गिरफ्तार गरि घर्तीगाउँ लिएको र हाल जिल्ला प्रहरी कार्यालय खलंगा सल्यान हिरासतमा राखेको बिज्ञप्तिमा उल्लेख छ ।  शिक्षकको गिरफ्तारीले सम्बन्धित बिद्यालयको पठनपाठनमा बाधा पर्नुका साथै गंगादेवका शिक्षकहरुमा त्रास फैलाउने कार्य भएको भन्दै रिहाईको लागि अपिल गरिएको छ ।

शिक्षक संगठन गंगादेवका अध्यक्ष प्रविन कुमार वली द्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ ‘शिक्षकहरुप्रति  गरिने दुर्ब्यबहारको वेवास्ता गरिए चरणबद्ध रुपमा संघर्षका कार्यक्रमहरु गरिनेछ र उक्त परिबेसबाट सिर्जना हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित निकाय नै हुनुपर्ने छ।’

हेर्नुहोस यस्तो छ बिज्ञप्ति ।

२०७७ कार्तिक २९,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको