कोरोनाबाट थप १२ को मृत्यु, निको हुनेको संख्या ८० हजार नाघ्यो

फाइल तस्बिर

असोज २८, काठमाडौँ । बितेको २४ घण्टामा नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या हालसम्म ६७५ पुगेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप २ हजार १७४ जना कोेरोना निको भएको जानकारी दिए ।

यससँगै हालसम्म निको हुनेको कुल संख्या ८० हजार नाघेको छ । गौतमका अनुसार आजसम्म ८० हजार ९४५ जना कोरोना निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप १३ हजार ९४७ जनाको पीसीआर भएकामा २ हजार ६३८ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा उपत्यकामा १४ सय ३ नेपालमा २६ सय ३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ । अहिले संस्थागत आइसोलेशनमा १४ हजार ८१९ जना रहेका छन् भने होम आइसोलेशनमा २१ हजार ५६८ जना छन् । यस्तै क्वारेन्टाइनमा चार हजार ६६६ जना रहेका छन्।

मन्त्रालयका अनुसार अहिले आईसीयूमा ३०५ र भेन्टिलेटरमा ७० जना बिरामी रहेका छन् ।

२८ आश्विन २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको