बुधबार थपिए २ हजार ६३८ कोरोना संक्रमित, २ हजार १७४ जना डिस्चार्ज

फाइल तस्बिर

असोज २८, काठमाडौं । बुधबार कोरोनाका २ हजार ६३८ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख १७ हजार ९९६ पुगेको उनले बताए ।

यस्तै पछिल्लो २४ घण्टामा उपत्यकामा १४ सय ३ नेपालमा २६ सय ३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ । अहिले संस्थागत आइसोलेशनमा १४ हजार ८१९ जना रहेका छन् भने होम आइसोलेशनमा २१ हजार ५६८ जना छन् । यस्तै क्वारेन्टाइनमा चार हजार ६६६ जना रहेका छन्।

मन्त्रालयका अनुसार अहिले आईसीयूमा ३०५ र भेन्टिलेटरमा ७० जना बिरामी रहेका छन् ।

बुधबार २१ सय ७४ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ८० हजार ९५४ पुगेको छ। यो कुल संक्रमितको ६८ दशमलव ६ प्रतिशत हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६७५ पुगेको छ।

२०७७ आश्विन २८,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको