मल नल्याउने दुई कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस


भदौ २९, काठमाडौं । समयमै मल नल्लाउने शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपललाई कालोसूचीमा राख्न कृषि सामाग्री कम्पनी लिमिटेडले सार्वजनिक खरिद खनुगमन कार्यालयलाई पत्र लेखेको छ।

शैलुङ इन्टरप्राइजेज सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदा अधिकारीको कम्पनी हो। कम्पनीले २५ हजार मेट्रिक टन मल आयात गर्ने ठेक्का लिएको थियो।

तर मन्त्रालयले म्याद थप गर्दासमेत कम्पनीले मल ल्याउन सकेको थिएन। होनिकोले पनि २५ हजार मेट्रिक टन मल आयातको ठेक्का पाएको थियो। मल नल्याएपछि कृषि मन्त्री घनश्याम भुषालले यसअघि नै धरौटी जफतको निर्णय भैसकेको पत्रकार सम्मेलनमार्फत् जानकारी गराएका थिए।

कृषि सामग्री केन्द्र लिमिटेडका नेत्रबहादुर भण्डारीले सार्वजनिक खरिद अनुगमन कार्याललाई पत्र लेखेर दुबै सप्लायरलाई कारबाही गर्दै कालोसूचीमा राख्न सूचित गरेका हुन्।

२९ भाद्र २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको