सोमबार थप १ हजार १७० मा कोरोना पुष्टि, १५ काे मृत्यु


भदाै २९, काठमाडौ । पछिल्लो २४ घण्टामा थप ११७० जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्या कोरोनाबाट संक्रमित भएकाे हाे। प्रवक्ता गौतमका अनुसार यीसहित हालसम्म कुल संक्रमित हुनेको संख्या ५५ हजार ३२९ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ८७९ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या भने १५ हजार ३९३ मात्रै छ।

यस्तै मृतक थप १५ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ३६० जनामा कोरोना देखिएको छ। पछिल्लो २४ घण्टामा १० हजार ८७८ जनाको पिसिआर परीक्षण गरिएको हो।

 

२०७७ भाद्र २९,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको