काठमाडौँ उपत्यकामा ५ सय १२ जनालाई कोरोना संक्रमण पुष्टि


भदौ २९, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै उपत्यकाका ८ जनाको मृत्यु भएको छ । काठमाडौंका ६१ वर्षीया महिला, ६२, ७०, ७३, ७७, ८५ वर्षीय पुरुष, ललितपुरका ५५ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

 

२९ भाद्र २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको