आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

फाइल तस्बिर

भदौ २९, काठमाडौं । आज (सोमबार) पनि विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले कम्तीमा आगामी २४ घण्टासम्म सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सुझाव दिएको छ।

महाशाखाका अनुसार सोमबार मनसुनकोे न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेको छ । न्यून चापीय रेखाको प्रभावका कारण हाल देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरु र अन्य प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ ।

यसैगरी, महाशाखाले दिउँको मौसमको अवस्था सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

भने, प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहने पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यता, प्रदेश १, वाग्मती प्रदेश , गण्डकी प्रदेश , प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

२०७७ भाद्र २९,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको