संघीयतासंग मेरो सम्बन्ध र बुझाईहरु


म एक रोल्पाली नागरिक हूँ भन्दा मलाइ गर्व अनुभुति हुने गर्दछ । रोल्पा जिल्ला नेपालको नक्साको मान चित्रमा सिमित मात्र थियो । देश परिवर्तनकोलागि उच्च योगदान दिएको १० बर्षे जनयूद्दको उदगम स्थलको रुपमा पिरिचित हुनाले पनि म जस्तै रोल्पालिको गर्वले शिर ठाडो हुन्छ होला।

मेरो अध्ययन अध्यापन दुर्गम गाँउ रोल्पामा नै भयो । १० बर्षे जनयूद्दको उच्च प्रभाव परिरहेको बेला मेरो माद्यामिक तहको अध्यनमा निकै समस्या आयो। शिक्षक बिद्यार्थि कहिले नेकपा माओबादीले संचालन गर्ने कार्यक्रम,अभियानमा सहभागिहुनुपर्ने भने अर्कोतिर संकटकाल सेना प्रहरी गाँउमा भित्रिए बिद्यालय छाडेर जिवन जोगाउन जंगलतिर जानुपर्ने बाध्यता थियो। यहि बाध्यतालाइ स्वीकार्न नसक्दा शिक्षकहरुले बिद्यालयमा राजिनामा दिएर जाने नयाँ आउन नमान्ने परिस्थितिको शिकार म लगाएर सबै बिद्याथिहरु भयौ। यो प्रभावले उच्च शिक्षा हासिल गर्दा पनि निरन्तरता दियो।

रोल्पा घर भएकै कारण, रोल्पाली भएकै कारण माओबादीको बिल्ला भिरेका हामीहरु राज्य संयन्त्र र माओबादीलाइ गलत नजरले हेर्नेहरुले गरेको हेपाह ब्यवहारको मानसिक सिकार भएको यथार्तता अझै मनसपटलमा झल्किन्छ। त्यो बेला जिल्ला सदरमुकाम भन्दा दुर-दराजमा रहेको मेरो गाँउ जिनावाङलाइ हेर्ने सौतेनी ब्यबहार थियो। गाँउबाट सदरमुकाम जान सिफारीस लिने र त्यो सिफारीस राज्य मेरो हो भन्न आतङ्क मच्चाइरहेका ठेकेदारहरुले भेटाए ज्यान जाने मानसिक पिडा भोग्न म जस्तै सबै रोल्पालिको बाध्य थियौ।

राजनितिमा रोल्पाले उच्च योगदान दिइरहेको बेला म भित्र त्यति राजनितिको चासो नै थिएन। सायद शारिरीकरुपमा कम्जोर भएर नै होला। बिचारलाइ धेरै माया गर्ने अनि मौनता मेरो प्रतिक्रिया हुन्थो। परिवर्तनका बिचारहरुलाइ खुबै माया पनि गर्थे। खुल्ला राजनितिको महत्वकांक्षा कहिल्यै राखेन, मैले सशस्त्र युद्दमा होमिन कोसिस पनि गरिन। केवल रोल्पालीको नाताले मौनतामा सहयोगी भूमिकाको जिम्मेवारी निभाउने गर्थे।

शान्ति प्रक्रिया सुरुवात भएसङै जिल्ला आउन जान सहज भयो। रोल्पा जिल्लामा स्थापना भएको रोल्पा सामाचार साप्ताहिकमा नजानिदो समाचार लेखनको रुपमा कलम चलाउन थाले । बैचारीक उत्प्रेणा दिने बिपिन कवर सरलाइ निरन्तर सम्झिरहन्छु। तर समाजमा कलम चलाएकै भरमा राजनैतिक चेतनामा अगाडी बढेका भनिनेहरुले नानाथरी आरोप लगाएर दुखी हुनु परेको इतिहास पनि मेरोसामु बादल झै मडारीएर आएका दिन त कति छन कति !

थोरै पिडाका बिचमा श्रममा जोडिएको म, थोरै भएपनि बैचारिक ज्ञान राजनैतिक पाठ केही अंश सिकाउने काम आदरणिय चुडामणि वली ‘आदर्श’ले कन्जुस्याइ गर्नुभएन। उहाँले उतिबेला भनेको अन्तिम बाक्याशं अहिलेपनि मलाइ घोच्ने गर्दछ। राजनितिले समाज परिवर्तनमा ठुलो टेवा दिएको छ, यो काममा म निरन्तर सहभागि छु। यदि म यसमा सहभागि भएन भने यो ठाउमा अरु कोही सहभागि हुन्छ। उसले गर्ने समाजसेवा र मैले गर्ने सेवाको तवर तरिका फरक हुन्छ। समाज कस्तो बनाउने राजनिति कर्मिकै हातमा हुन्छ। तिमिले राजनिति नगरे, तिमिलाइ अरुले शासन गर्छ। आफ्नो शिरमा अरुलाइ नाच्न दिने कि आफु मैदानमा उत्रिने त्यो तिमिले निर्णयलिने कुरा हो । यो बाक्याम्सले मलाइ केही सोच्न बाध्य बनायो ।

तसर्थ म पनि समयको माग अनुसार समाजिक काममा सहभागि भए। बिभिन्न सामाजिक अभियानमा आफ्ना बिचार कसैलाइ मन नपरेपनि ब्यक्त गर्न थाले। तर मेरो गाँउमा यसलाइ राजनिति परिभाषाले सम्बोधन गर्न थालेछन। समयको माग अनुसार तत्कालिन गाँउ विकास समितीमापनि सर्बदलिय संयन्त्रको भूमिका निर्बाह गरेर गाविसको बिकासकोलागि आफ्नो बिचार राख्ने अरुको मागलाइ सम्बोधन गर्न योजना बनाउने गाँउ विकास समितिको सहकर्मिकारुपमा उभिए। तत्कालिन गाविस अध्यक्ष/सचिव दिपेन्द्र बहादुर डाँगी र कमल राज वली दुबैको प्यारो पात्रको रुपमा काम गर्ने अवशर पनि पाए ।

समयको मागसंगै मेरा ब्यक्तिगत समस्या समाधान गर्न केही समयकालागि जिल्ला बाहिर बस्नु पर्ने बाध्यात्मक निर्णय गरे। सयय बित्दै जादा वि.स. २०७३ अन्त्यतिर तत्कालिन गा.वि.स. कार्यालयहरु पूर्ण रुपमा खारेज भइ नेपालमा तिन तहको राज्य व्यवस्था र संघीयताको अभ्यास थालनि भयो । संघिययताको नयाँ अभ्यास सघै म र मेरा गाउँबासीमा खुसिको सिमानै रहेन।

जिनावाङ आफैमा पहिले देखि रोल्पा जिल्लामा शिक्षित गनिने गाविस पर्दथ्यो। यस गाविस शिक्षक रोल्पा जिल्लामा ५१ गाविसमा नै सेवागरिरहेको पाउन सकिन्थ्यो।

स्थानिय तहको पहिलो खाकामा घर्तिगाँउ गाँउपालिका केन्द्र रहनेगरि प्रस्ताव गरिएको भएतापनि पछि नयाँ सहमतिमा नँया जिनावाङ, पाखापानी, राक र ओतको केही भागलाइ मिलाएर सुकिदह नामको एक स्थानिय तह (गाउँपालिका) स्थापना गरियो। पछि बिभिन्न विरोध हुदा हुदै पनि जननिर्वाचित प्रतिनिधिको चाहाना अनुरुप जनयुद्दका शहिद गंगा र देब नाममा नामाकरण गरि गंगादेव गाउँपालिका नामाकरण भयो। परिवर्तनको नयाँ संरचना र परिवर्तित नाममा मेरो पूर्ण समर्थन रहेको छ।

सुखि नेपाली संबृद्द नेपालको अभिभारा पुरा गर्न जनप्रतिनिधिहरु खुबै लागि परेको पाए । स्वच्छ स्वभाव भएका जनप्रतिनिध नयाँ अनुहार गाँउ गाँउमा देखिदा खुसिको सिमा नै रहेन। निर्बाचनकै समयमा कैयौ आफन्तलाइ बिर्षिनेमा म लगाएत अरुपनि होलान। सबै नाता बिर्षने, बिचार सम्झिने दिनकोरुपमा परिणत भयो। जिल्ला बाहिर भएपनि टेलीफोनबाट समाजका उच्च ब्यक्तिसंग छलफल र सहकार्यको बहस गरियो।

अचम्मको कुरा त के भने स्थानिय नियकाय निर्बाचनकोलागि भनेर ५ दिनको पैदल यात्रमा डोल्पा देखी रोल्पा मेरो गाँउ सम्म फर्कने ब्यक्ति हु।

मैले नयाँ आउने जन प्रतिनिधिहरुबाट सयौ सपनाहरु देखेको थिए। मैले मेरा गाँउ वडालाइ सजाउने सपना देखेको थिए। मैरो बिचार र भावनालाइ कदर गरि गाँउ बिकासमा योगदान पुर्याउने जनप्रतिनिधिको आशा गरेको थिए। समय मिलेछ भने फुलबुट्टा भर्न योगदान दिन्छु भन्ने आट थियो। उहाँहरुको निर्देशनमा कारिन्दा बन्न पनि तयार थिए। अरु जोखिम मोल्नेकुरामा पनि मेरो साथ र सहयोग हुन सक्थ्यो।

आजभोली लाग्छ राजनितिले मानिसलाइ समय अनुसार अन्धो पनि बनाउदो रहेछ। त्यहि अन्धोपनको सिकार भइरहेका छन, आजभोलि सबै गाँउहरु ।

स्थानिय तह निर्बाचनको ३ वर्ष पछि मात्र थाहा भयो कि हामिले रोजेका मान्छे साच्चिकै हामीले सोचेको जस्ता रहेनछन। आजभोलि ति बिगतका सबै सपना तुहिएका छन। जनप्रतिनिधिहरु राम्रा कामहरु मैले गरेको हु भनेर पहिले गाँउ गाँउमा सन्देश पुर्याउछन। गर्दा गर्दै काम बिग्रियो भने दोष सबै गाँउपालिका अध्यक्ष र सबै कर्मचारीमा थुपार्छन। बिग्रेको कामको अपजस लिन,समिक्षा गर्न तयार हुदैनन।

वडा कार्यालयमा बस्नु पर्ने जनप्रतिनिधि दैनिक गाँउपालिकामा हाजिर लगाउछन। गाँउ गाँउमा मोटरबाटो खन्न डोजरको प्रयोगलाइ प्राथामिकता दिन्छन। बाटो खनेर के गर्नु पानीपरेको समयमा नचल्ने बाटो स्तरउन्नतिको कुनै योजना छैन। गाँउका यूवा बिदेशजान प्रोत्साहन गर्छन। गाँउमा रोजगारीको संभावना नदेखेपछि के गर्ने बिदेश त जानै पर्यो। गाँउ गाँउमा स्वरोजगार भइ प्रत्यक्ष काम गरिरहेका सिकर्मि र डकर्मि दाइलाइ तालिम र प्रोत्साहन योजना छैन ?

आरनमा कामगर्ने आरनेदाइको आरन उहि २० बर्ष पहिलेकै छ।

सुजिकार दाइको सिप समय अनुसारको सिलाइ नहुदा बिदेशबाट भित्रीएका कपडा लगाउन बाध्य छौ। के पेशा ब्यसायमा लागेका सुजिकारलाइ स्ट्याण्डर तालिम दिन सक्दैनौ? के सिकर्मि, डकर्मि, सुजिकार, आरने दाइकोलागि संघियता आएको हैन? के उनिहरुको अधिकारको बारेमा कुरा उठाउनु पर्दैन? के उनिहरुले मतदान गरेका हैनन? के उनिहरुको जिवन स्थर सुधारिनु पर्दैन? गाँउमा रहेका यूवाहरुकोलागि रोजगारी दिलाउन कुनै काम गर्न सकिदैन? समाजकोलागि केही गर्छौ भनेर जुटेक एकाध यूवा क्लबहरुलाइ प्रोत्साहन गर्ने उपाय छैन? यति धेरै प्रश्न छन हाम्रो समाजमा जनप्रतिनिधिहरुकोलागि !

माथि उठाएका प्रशनहरुको समाधान अवश्य पनि छ । तर यहाँ योजना छनौट र आवश्यशता पहिचान गर्न बस्ति बस्ति सम्म पुगिदैन? आवश्यकता कसरी पहिचान हुन्छ? केही बोल्यो भने बिरोधिको संज्ञा दिइन्छ। समाजमा भड्काउनलाइ तानाबाना बुनिन्छ। एक दुइजना सेटीङ मिलाउनेहरुसङमात्र उनिहरुको सम्बन्ध रहन्छ । कु-प्रचारकोलागि गाँउ गाँउमा यस्ता पात्रलाइ अध्यारोमै राखेर परिचालन गरिन्छ। जनप्रतिनिधि नै कमिसनका ठेकेदार भए। आवश्यकता नभएको ठाउमा डोजर ठटाएर बाटो बनाए। जनतालाइ जबरजस्त खुसि भएको बाहानामा कमिसनका ठेकेदारहरुलाइ कुप्रचार गर्न गलाइएको छ।

कोरोनाको कहरमा बिश्व नै लडिरहेको समयमा तिज महोत्सव मनाउने जस्ता कार्यक्रमको खाका पारित हुन्छन। के गलत कामलाइ सहमति छैन भन्ने शब्द छैन? मलाइ लाग्छ यस्ता कुपात्र जन्माउनलाइ गरिएको मतदान आफै अविसाफ हुनेमा दुइ मत छैन ।

आजभोलि सबै जनताहरु भन्छन “सबै जनप्रतिनिधिहरु चुनावी खर्च व्यवस्थापनमै लाग्ने हो भने अर्को चुनाव कहिल्यै नआओस”।

बारिको तरकारीले उचित लाग्नेगरि सबै किसानले एउटै मूल्य नपाउने, वास्तविक किसानले स्वच्छ हिसावले अनुदान नपाउने, दूधको बजार खोजि र प्रसोधनको कुनै उपायको खोजि नगरिने, युवाहरुलाइ गाँउमै रोजगारी सृजना गर्न बजेट प्रस्ताव नगर्ने, उत्पादनको क्षेत्रमा लगानी नगर्ने, स्व रोजगार भएका सिर्कमी, डकर्मी, सुजिकार,आरने दाइलाइ कुनै सहुलियतको योजना नबनाउने, झिना योजनाहरुमा लाखौ रकम खर्चिने जस्ता कामको हामिले संघीयताको मर्मलाइ नजिकबाट अवलोकन गर्नै सकेका छैनौ।

कोरोनाको कहरले सबै सबैको आखा टाल्न प्रयोग हुने बहाना त बनिसकेको छ। यसलाइ सुधार गरेर सबैले समयमै सहि बाटो नडोर्याए म र मेरो गाउँ कूनै ब्यक्त्ति विषेशलाइ पुजा गर्न बाध्य नहूँनपनि सक्छ। संघीयताले कार्यालयमा जनप्रतिनिधि, कर्मचारी, जनता बिच दूरी हाल सम्म टाढा भएपनि आगामि दिनमा जनप्रतिनिधी र जनताको दूरी समयमै सुधारहोस।

जनताले संघियताको महसुस गर्न सकुन र पाउन, सबै प्रकारका अनियमितता अन्त्य हुनेछ । जनप्रतिनिधमा सकारात्मक सोचको बिकाश हुनेछ । सिकर्मि, डकर्मी,सुजिकार, आरनेदाइ को सिप अभिबृद्दि हुनेछ। यूवाहरु गाँउमै रोजगारीको संभावना देख्नेछन । दुध, तरकारी र मासुको प्रसोधन र बजार ब्यवस्थापनको योजना बन्ने छ। यूवा क्लबका भाइबहिनिहरु सक्षम नेतृत्व लिन सफल हुनेछ । मेरो कामना छ।

२०७७ श्रावण ३०,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको