हाम्रो कीबोर्डमा आयो बोलेरै नेपाली टाइप गर्न सक्ने फिचर, यसरि प्रयोग गर्नुहोस (भिडियो सहित)


काठमाडौं । ‘हाम्रो पात्रो’को उत्पादन  ‘हाम्राे नेपाली कीबोर्ड’ एपले नयाँ संस्करण सार्वजनिक गरेको छ । नयाँ सस्करणमा बोलेरै टाइप गर्न सकिने गरी रोमनबाट नेपाली तथा चलनचल्तीको देवनागरीमा टाइप गर्न सकिने कीबोर्डलाई थप परिमार्जन गरी नयाँ सुविधा थप गरिएकाे हो ।

नयाँ संस्करणमा आएको नयाँ फिचरले प्रयोगकर्ताले बोलेको नेपाली शब्दलाई नेपाली अक्षरमा टाइप गरिदिनेछ । नयाँ फिचर प्रयोगका लागि प्रयोगकर्ताले हाम्रो नेपाली कीबोर्डको नयाँ संस्करण प्रयोग गर्नुपर्नेछ । त्यसका लागि गूगल प्लेस्टोर र एप्पलको एप स्टोरमा गएर अपडेट अथवा डाउनलोड गर्न सकिने छ ।

नयाँ अपडेटसँगै तपाईंले बोलेर कुनैपनि सामाजिक सञ्जालमा पोष्ट गर्नुपर्ने स्टाटस, प्रतिक्रिया, ट्वीट, च्याट आदि गर्न सक्नुहुनेछ । यसमा शुद्ध र अशुद्ध शब्दहरु तपाइलेले नै  छनौट गर्ने विकल्प समेत रहेको छ ।

एपमा नेपाली भाषा चयन गरिसकेपछि ‘ञ’ अक्षरको ठीक माथिपट्टी भ्वाइस टाइपिङका लागि माइकको अप्सन देख्न सक्नुहुनेछ । त्यसमा क्लिक गरी तपाईंले बोलेको कुरा नेपालीमा टाइप गर्न सक्नुहुनेछ ।

त्यसो त गूगलको जीबोर्डमा समेत यस्तो फिचर रहेको छ तर यसमा भने तपाइले बोलेको कुरा प्रस्ट नभएमा संभावित विभिन्न शब्दावली विकल्पको रुपमा छनौट गर्न सक्नुहुन्छ।

भिडियो हेर्नुहोस

२०७७ श्रावण ३०,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको