नुवाकोटमा आजपनि थप एक जनामा कोरोना संक्रमण


साउन ३०, नुवाकोट | नुवाकोटमा आजपनि थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ | राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परिक्षणमा विदुर नगरपालिका वडा नं. ६ इनारपाटी बस्ने एक जनामा संक्रमण पुष्टि भएको हो |

उनी सर्लाहीबाट आएर इनारपाटीमा बसी भैंसी व्यापार गर्दै आइरहेका थिए | योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६८ पुगेको छ |

हिजो पनि विदुर नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो | जिल्लामा समुदायस्तरमा नै कोरोना फैलिएपछी जिल्ला प्रशासन कार्यालयले गत मंगलबारदेखि आठ दिनका लागि निषेधाज्ञा जारी गरेको छ | निषेधाज्ञा प्रभावकारी बनाउन नेपाली सेनालाई परिचाल गरिएको छ |

२०७७ श्रावण ३०,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको