विवाद समाधानका लागि नेकपामा ६ सदस्यीय कार्यदल गठन


साउन ३०, काठमाडौं । नेकपाले विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको सहमतिमा कार्यदल गठन भएको नेकपा स्रोतले जनाएको छ ।

कार्यदलमा महासचिव विष्णु पौडेल, शंकर पोखरेल, भीम रावल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे रहेका छन् । ९ दिनपछि बिहीबार अध्यक्षद्वय ओली र प्रचण्डबीच भएको छलफलमा दिन कार्यदल बनाउने सहमति भएको थियो । सोहीअनुसार उनीहरुले शुक्रबार भएको छलफलमा कार्यदलमा रहने व्यक्ति र कामबारे सहमति जुटाएका हुन् ।

बिहीबारको छलफल सकारात्मक रहेको थियो । कार्यदलले पार्टी विवाद र शक्ति बाँडफाँडको विषय टुंग्याउने गरी सहमतिको मस्यौदा बनाउने बताइएको छ ।

२०७७ श्रावण ३०,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको