फुटबल खेलाडीमा कोरोना संक्रमण


साउन ३०, काठमाडौं । राष्ट्रिय फुटबल टिमका एक जना खेलाडीमा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका फुटबल खेलाडीमा कोरोना संक्रमण इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार र मंगलबार दुई दिनमा कुल ३४ खेलाडीको कोरोना परीक्षण गराएमा एक खेलाडीमा संक्रमण देखिएको हो ।

यसअघि क्रिकेटका एक खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको थियो । फुटबलमा भने पहिलो पटक खेलाडीलाई कोरोना संक्रमण देखिएको हो ।

२०७७ श्रावण ३०,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको