साउन ३० , काठमाडौं | नेपाली बजारमा सुनको मूल्य आज (शुक्रबार) पनि बढेको छ | आज सुन प्रतितोला ९८ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ | बिहिबार सुन ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो | आज प्रतितोला ८ सयले बढेको हो |
यसैबीच चाँदीको मूल्य पनि बढेको छ | बिहिबार प्रतितोला १२ सय ९५ मा कारोबार भएको चाँदी आज प्रतितोला १३ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ |
प्रतिक्रिया दिनुहोस