ओली र दाहालबीच बिहीबार पुनः छलफल हुने


असार ३०, काठमाडौँ — नेकपा भित्र चुलिएको विवाद समाधानका लागि भन्दै नेकपाका दुई अध्यक्षबीच मंगलबार भएको भेटवार्ता सकिएको छ । सहमतिको प्रयासका लागि भन्दै ६ दिनपछि मंलगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच करिब सवा घण्टा छलफल भएको थियो ।

छलफललाई निरन्तरता दिने सहमति दुई अध्यक्षबीच भएको छ । दुई अध्यक्षबीच बिहीबार पुनः छलफल हुने भएको छ ।

यसअघि आइतबार, सोमबार, मंगलबार र बुधबार ओली र दाहालबीच भेटवार्ता भएको थियो । तर, निकास ननिस्किएपछि नेकपाको स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ ।

पछिल्लो पटक साउन २ गतेसम्मका लागि बैठक स्थगित भएको छ ।

३० असार २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको