बलिवुड अभिनेता सुशान्त सिंह राजपूतद्वारा आत्महत्या


जेठ ३२, काठमाडौँ | बलिवुड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । ३४ वर्षीय राजपूतले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् । सुशान्त बलिवुडका निकै लोकप्रिय कलाकार थिए ।

प्रहरीका अनुसार, उनि पछिल्लो छ महिनादेखि डिप्रेशनबाट गुज्रीरहेका थिए । उनले आफ्नो करियरको शुरुआत टेलिभिजन एक्टरको रुपमा सुरु गरेका थिए । उनले सबैभन्दा पहिले ‘किस देश में है मेरा दिल’ नामका धारावाहिक टेलीचलचित्रमा काम गरेका थिए । तर उनको चर्चा एकता कपूरका धारावाहिक पवित्र रिश्ताबाट सुरु भएको थियो ।

‘कोई पो चे’बाट बलिउडमा डेब्यु गरेका सुशान्त अभिनित ‘केदारनाथ’, ‘छिछोरे’, ‘एम.एस धोनी’, ‘पिके’, ‘शुद्ध देसी रोमान्स’, ‘सोनचिडैया’ लगायतका फिल्म प्रदर्शनमा आएका छन् |

२०७७ जेष्ठ ३२,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको