जिप दुर्घटनामा परी प्रतापपुर गाउँपालिकाका अध्यक्षको मृत्यु


जेठ ३२, काठमाडौं । जिप दुर्घटनामा परी पश्चिचम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्षको मृत्यु भएको छ |

गाउँपालिका कार्यालयबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन जाने क्रमममा जिप दुर्घटना हुँदा प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको हो ।

लु १ झ ३७० नम्बरको जिप बर्दघाटको लक्ष्मीनगर पुलदेखि तल खोलामा खसेर दुर्घटना भएको उनले बताए । दुर्घटनामा घाइते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिए पनि अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले जानकारी दिए ।

शर्मासँगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाइते भएका छन् ।

३२ जेष्ठ २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको