पृथीछक बुढा/ रुकुम पुर्ब। फ्रेस युवाहरु उठौ । अब देशमै केही गर्नुपर्छ भन्नेहरु उठौ । दलाल सत्ताको बिकल्प खोज्नेहरु उठौ । निरास भएकाहरु आशा जगाउ र उठौ । किसानहरु उठौ, भरिया र मजदुरहरु उठौ । दल भित्रका सच्चा कार्यकर्ताहरु आफ्नै नेतृत्व माथी युद्ध छेडौ । ज्यामी, मजदुरहरु उठौ, बिद्यार्थी, शिक्षक, प्राध्यापक, कलमजिवी पत्रकार, चिन्तक बुद्धिजिविहरु सबै उठौ । डन र धनको बलमा दलाल राज्यसत्ता ध्वस्त गर्न उठौ । ,एत्तरबाट सगरमाथा खोसिने डर ।
सरकारको मन्त्री भन्छ, यसबारे विगतमा जानकारी थिएन । लिपुलेक हुँदै व्यापार गर्न सन् २०१५ मै भारत र चीनले बेइजिङमा सहमति गरेका थिए । नेपाली नागरिकहरुबाट घोर बिरोध भइसकेपछी सरकारले नागरिकको आँखामा छारो हाल्ने काम मात्रै ग-यो बिज्ञप्ति निकालेर । त्यसपछि सरकार चुप बस्यो । सन् २०१४ देखि लिपुलेकमा भारतले एकतर्फी सडक निर्माणको काम शुरु गरिएको थियो । के यो ६ बर्षसम्म सरकार निदाएको थियो ?
सरकारले स्वाधीनताको रक्षा गर्न नसकेपछि सचेत नागरिकहरुहरु सडकमा आउने अबस्था आयो । तब आफुलाई राष्ट्रबादको ठेकेदार ठान्ने प्रधानमन्त्री ओलीले भन्नुहुन्छ, सडकमा ब्रुकब्रुक उफ्रेर समस्या समाधान हुँदैन ।
सरकारले यो ६ बर्षमा कस्तो कुटनैतिक पहल ग-यो ? रिजल्ट के आयो ? प्रेस नोट निकालेर हुन्छ ? सडकमा कराउन कसैलाई रहर छैन । सरकार नागरिकको अभिभाबक हो । अभिबाबक गतिलो नभएपछि सन्तानको कस्तो हरिबिजोग हुन्छ भन्ने कुरा हामी नेपाली नागरिकहरुलाई हेरे पुग्छ । बाबू नै आमा बलाकारी भएपछी, बाबू नै आमा बेचुवा भएपछि छोराछोरीहरुले जोखिम उठाउने दिन आएको हो ।
अहिले बिश्वमा कोरोनाको महामारी छ । कोरोनाले मृत्यु मात्रै बोकेर ल्याएको छैन । साथसाथै सम्भावना पनि बोकेर ल्याएको छ । जो बिदेशमा हुनुहुन्छ, स्वदेश फर्कनुपर्छ । दलाल र भ्रष्ट प्रणालीलाई चकनाचुर पार्न अब बिलम्ब गर्नु हुदैन । जसको ठाउँमा नागरिकले चाहेको र खोजेको सत्ता स्थापना गर्नुपर्छ । तब मात्रै देश समृद्धिको बाटोमा लम्किनेछ । कंगाल देशमा राष्ट्रताको राग अलाप्नु भनेको भिखारीले ठूलो कुरो गरेजस्तै हो ।
एकपटक घरको जग बसालौ, देशको जग हालौ, आफ्नै खुट्टामा उभिन दिउँ । तब हामीलाई स्वाभिमानको लडाइँमा कसैले पराजित गर्न सक्दैन । सिमानामा काडेतार लगाउने कुरा गफ मात्रै हो । सरकारले तारबार लगाए यतिउती दान गर्छु भन्ने कुरा पनि मदिराको जोसमा अलापेको गफ बाहेक केही होइन । जसले भन्छ, उसलाई थाहा छ सरकारले त्यो जोखिम उठाउन सक्दैन । नत्र ६० बर्ष देखि कालापानीको छाती भारतिय सेनाको बुटले थिलिथिलो हुने थिएन ।
ईतिहासमा हाम्रा पुर्खाहरु अंग्रेजहरुको टोप बिरुद्ध खुकुरीको भरमा लडे । केही लडाइँ जितेपनि केही लडाइँमा पराजित भए । जसको कारणले आधा नेपाल गुमाउनु प-यो । त्यसको सजाय अहिले हामी भोगिरहेका छौँ । यदि हिम्मतको साथसाथै हामीसँग टोपको जवाफ टोपले दिनसक्ने हैसियत भएको भए, बन्दुकको जवाफ बन्दुकले दिन सकेको भए ? हामी पराधिन हुने थिएनौं ।
जमाना फेरियो । अहिले मेसिनगनको जमाना छ । मिसाइल, प्रमाणु हतियारको जमाना छ । यस जमानामा खुकुरीको ध्वासे गफ दिनु भनेको आफैलाई बेकुफ बनाउनु हो । जमाना अनुसार चल्ने समय आइसकेको छ । नेपाललाई पनि आणबिक भट्टि चाहिएको छ । मिसाइलहरु चाहिएको छ । नेपाल दुई ढुंगाको तरुल भनेर कुनै शाषकले फलाक्यो । अब त्यो जमाना रहेन । अब नेपाल दुई ढुंगा बिचको ग्रिनेट बनाउने हो । नचलाउ, चलायो भने विस्फोट हुन्छ । विस्फोट भयो भने ढुंगा ढुंगा नरहन सक्छ । माटोमा मिल्न सक्छ । सिधा कुरा हामीसँग मिसाइल नभएकाले छिमेकीले हेपेको हो ।
हामीलाई थाहा छ, अहिलेको अबस्थामा भारत र चिनसङ्ग लड्यौं भने हाम्रो लागी केवल एउटै मिसाइल भारी हुनेछ । के यसको अर्थ बिदेशीको अत्याचार युगौयुगसम्म सहि बस्ने भन्ने हो ? यस बिषयमा राज्यले के पहलकदमी गरेको छ ? इट्टाको जवाफ पठ्ठरले दिने त दिने तर कहिले दिने ? राज्यले के जवाफ दिन्छ ? कुटनैतिक पहलले कहिले परिणाम दिन्छ ? यो केवल नागरिकलाई थामथुम बनाउने काम बाहेक केही हुनसक्दैन ।
हिजो राजा ढाल्ने नाममा गुरिल्ला युद्ध लड्यौ, बुर्जुवा सत्ता ढाल्ने नाममा बन्दुक बोक्यौं । एकपटक, सिर्फ एकपटक आमाको लागि, माटोको रक्षाका लागि, स्वाभिमान र स्वाधीनताको लागि, भ्रष्ट राजनितिका विरुद्ध फेरि एकपटक बारुद पिस्न परे पिसौला । बन्दुकै बोक्न परे बोकौला । पहाडमा छापामार छापामार युद्ध लडे लडौला । तर कृपया चुप लागेर नबसौ । केही पहलकदमी उठाउनैपर्छ, जोखिम उठाउनैपर्छ । यो ऐतिहासिक अबिभारा हाम्रो काधमा आइसकेको छ । यसलाई पूरा गर्नु हामी युवाहरुको जिम्मेवारी हो । जिम्मेवारीबाट नभागौ । एकजुट भएर उठौ । जब नागरिकहरु समुन्द्रको ज्वारभाटा जस्तै उठे भने दुनियाँको कुनै पनि शक्तिले त्यसलाई रोक्न र छेक्न सक्दैन । जित न्यायकै हुनेछ ।
तर एउटा महत्त्वपूर्ण कुरा राष्ट्रिय स्वाभिमानको लडाइँमा बिजय हासिल गर्नको लागि राष्ट्र भित्र लुकेर बसेका देशद्रोही, परजीवी जुकाहरुको बिरुद्ध नेपाली नागरिकहरुले आफ्ना सम्पुर्ण शक्तिहरु केन्द्रित गर्नुपर्छ । तब मात्रै हामी स्वाभिमानको लडाइँ सफलतापुर्बक संचालन गर्न सक्नेछौँ ।
https://postpati.com/2020/14/05/53336
प्रतिक्रिया दिनुहोस