विश्व स्वास्थ्य संगठनले भन्यो- कोरोनाभाइरस स्वाइन फ्लूभन्दा १० गुणा बढी खतरनाक


बैशाख २, काठमाडौ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियेससले एक प्रभावकारी खोपले मात्रै कोरोनाभाइरको संक्रमणलाई पूर्ण रुपमा रोक्न नसकिने बताएका छन् ।

डा. टेड्रोसले खोप बिना कोरोना भाइरसको संक्रमणलाई पूर्ण रुपमा कुनै पनि हालतमा रोक्न नसकिने जानकारी दिएका छन् ।

टेड्रोसले सन् २००९ को स्वाइन फ्लूको तुलनामा कोरोनाभाइरस थप घातक भएको पनि बताए । उनले भने, ‘हामीलाई राम्रोसँग थाहा छ कि कोभिड–१९ तीब्र रुपमा फैलिरहेको छ ।

हामीलाई यो पनि थाहा छ कि यो सन् २००९ को स्वाइन फ्लूभन्दा १० गुणा बढी खतरनाक छ ।’

२ बैशाख २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको