कसरि दिउ नयाँसालको शुभकामना !


बसन्त ऋतुले जैविक प्रणालीमा पनि नविनता ल्याउछ । पातहरु झर्छ्न र नयाँ पालुवा लाग्छ । लेकाली बनहरु अनेकौं फूलहरु फुल्दछ्न । रातो लालीगुरास फुलेपछी मौसमलाइ नयाँ ताजगी दिन्छ । पहाडका नदिहरु कन्चन देखिन थाल्छ्न । बनपाखा हरियो हुँदा मनै हरर हुन्छ । बस्तीहरुमा नवीन चेतना अङ्कुराउछ ।

यहिबेला नयाँ बर्ष आउँछ । खुसीको बहार पनि आउँछ । जसले बसन्त ऋतुलाई नयाँ बर्षको उपमा दिएपनि यो बैज्ञानिक र ब्यबहारिक छ ।

यसपटक बिश्व कोभिड १९ को सन्त्रासमा छ । नेपाली समाज पनि लकडाउनमा छ । मान्छेहरुमा खास उत्साह छैन । मैला सर्ट पाइन्ट र उल्टासुल्टा चप्पल लगाएर घर फर्किरहेका मजदुरहरुको हुलले मनमा बिरक्ती पैदा गर्छ । जो श्रम पसिनाका असली हिमायती हुन आज उनै भोक छट्पटाइरहेको समय छ । मानव समाजमा पैदा भएको यो गहिरो सङकटले तपाईं हामीलाई चैन सुत्न दिएको छैन । ७ सय किलोमीटर पर साइकल लिएर घर फर्किरहेको एउटा युवकबारे समाचार पढ्दा कस्को मन रुन्न र ? कान्तिपुरका पत्रकारसग भोकै छु रुदै गरेका ती दाइ देख्दा कस्को मन बिचलित हुन्न र ?

पत्रकार प्रकाश रोकायासग कलङ्गी चोकमा बिलौना गर्ने ती मजदुर पनि हाम्रै देशको नागरिक हुन जोसग नागरिकता थिएन । नागरिक नभएकोले राहत पाएनन । पांच किलो चामल पाउन उनी गरिब भएको प्रमाणले पुगेन नागरिकता खोज्यो स्थानीय सरकारले । बरु बाफल चोक बेखा दाइ जोसग नागरिकता थियोे करोडौंको प्रोपटी पनि छ । उनले लाइन बसीबसी चामल ल्याए । आधा किलो चिनी आधा किलो नुन आधा पाउ बेसारसम्म छोडेन ।

ए पासामा सरकारले दियो खाए त तिम्रो बाउको खाएको होइन ? उनी कडकदैछ्न तिमिसग त नागरिकता हुन पर्यो नि ।

बेखा दाइ एमाले हुन । स्थानीय सरकार एमालेकै छ । उनी एमालेलाई भोट हाल्छ्न । माधब नेपालदेखि कृष्णगोपालसम्म उनको चिनजान छ । उनी भन्छन् काठमाडौंको कम्युनिस्ट भनेकै हामी हो । यतिबेला तपाईंलाई प्रश्न गर्न मन लाग्छ के कम्युनिस्टले श्रमजीवी जनतालाई भोकै राख्छ । तर यो प्रश्न गर्ने समय होइन ।।

रसुवाकि क्रियाशिल लेखिका मेरो मित्र सुश्मा न्यौपानेले एउटा समाचारको लिङ्क सिएर गरिन ।कालिका गाउँपालिका ३ इठपारेका मुरली नेपालीले राहत फिर्ता गरेको प्रसङ्ग समाचार थियोे त्यो । अचम्म परे । उनलाई राहत फिर्ता गर्नुपर्ने कारण के थियोे ?

मुरली हाम्रो वडाको एउटा बिपन्न दलित हुन । केही बर्स पहिले उनकी श्रीमती हाम्रो घरमा लुगा टाल्न आउथिइन । दुई माना चामलमा दिनभर लुगा टान्थिन र पनि खुशी भएर फर्किन्थिन ।अहिले पनि मुरलीको जीवन उस्तो कायापलट भएको जस्तो लाग्दैन । ढौडारे खोलानेर एउटा झुप्रो उस्तै छ । मुरली बाँस जस्तै सिकुटे ज्यान लिएर उनी निरन्तर काम नै गर्छ्न । उनको छोरी सम्झना नेपाली मेरो क्लास मेन्ट पनि भएकोले पनि उनका दु:खका अनेकौं पाटाबारे म जान्दछु । मैले राहत फिर्ता बारे उनकै छिमेकी लेखक पत्रकार बिश्वास नेपालीलाई यो कुरा राख्दा उनले मुरलीमा असली मानवता रहेकोे जवाफ फर्काए ।

राष्ट्रिय मिडियामा मुरली छाएका छ्न । यसबाट प्रष्ट हुन्छ हामीमा मर्दै गएको मानवता र त्यसले उपन्न गरेको जटिलता । दलितहरुलाइ सधै माग्ने देख्ने हाम्रो धैबुङमा राजधानीमा घर हुनेको सङ्ख्या अधिक छ । घरपिच्छे नेता छ्न ।पत्रकार र अधिकारकर्मि उतिकै छ्न ।बौद्धिक छ्न । जान्ने छ्न ।तर म भन्दा बिपन्न राहत देउ भन्न सक्ने मुरली नेपालीहरु छैनन । एकजना काङ्ग्रेसका नेता प्याच्च भनेछ्न दमैले चर्चामा आउन राहत फिर्ता गरेछ । हैट भद्रजन हैट पण्डितजी काठमाडौं घडेरी हुँदाहुँदै पनि गुनासोमा नाम भरेर भुकम्पपीडितको नाउँमा घर बनाएको भुल्नु भो ? यसपटक कोरोनापिडित नाउँमा कति लिनु भो राहत ? नैतिकतालाई पालीमा झुन्डाएर सडकमा आदर्शको गफ नछाटेकै राम्रो होला ।

मुरलीको प्रसङ्ग नसकिदै चर्चा छ् केपी ओलीको ट्विट । उनी नयाँ बर्षमा राष्ट्रिय गान बजाउन अपिल गर्दैछ्न । कस्तो हस्सु मानसिकता । कस्तो पुरातन शासकीय सोच ।बिपतको यश घडीमा कस्ले बजाओस राष्ट्रिय गान र दिमागमा नयाँ बर्सको ताजगी भरोस ।

प्रधानमन्त्रीज्यु भोकले आन्द्रा बाटिएको मजदुरहरुले कहाँ बसेर बजाउने राष्ट्रिय गान र दिल खुस बनाउने । चामल सकियो । पसल बन्द छ । खल्तीमा पैसा छैन । राष्ट्रिय गान बजाउने कि भरेको लागि खाद्यवस्तु जोहो गर्ने ?के राष्ट्रिय गानले भोकाहरु अघाउछ्न ? के राष्ट्रियगान बजाएर समृद्धि आउछ?के राष्ट्रियगान वज्नेबितिकै तपाईंले भन्ने गरेको पानीजहाज चल्छ ?

नयाँ बर्ष आउदै गर्दा मनमा कुनै उत्साह छैन । एउटा बन्द कोठामा उकुसमुकुस भएको छ मन ।

एउटा घरपेटीले एकजना मजदुरसग भाडा माग्दै थिइन । आज भाडा दिए दे नत्र कोठा खाली गर त जस्तो कति पाउछु कति । कस्तो निर्दयी मन ।काठमाडौं घर हुनुको कत्रो घमण्ड । यस्तो जटिल परिस्थितिमा कहाँबाट ल्याउनु उसले कोठा भाडा । उनको मुखमा बुझो लगाउनु ।
यस्तै यस्तै कुराले मन अमिलो हुँदैछ । बैचैनी पैदा हुदैछ । र यो बर्ष मैले नयाँ बर्षको शुभकामना दिन सकिन ।

२ बैशाख २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको