चैत १, दाङ । दाङमा शनिवार बेलुका भारी असिना पानी परेको छ ।
तुलसीपुर क्षेत्रमा झन्डै डेढ दुई घन्टाजति असिना किसानका खेतवारी र सडकमा विस्कुन सुकाएको जस्तै देखिएको थियो ।
तुलसीपुर क्षेत्रमा झन्डै पौने घन्टासम्म लगातार परेको असिना पानीले हिउँदे बाली र मौसमी तरकारी खेतीमा ठूलो क्षति पुगेको अनुमान गरिएको छ ।
लामो समयसम्म भारी असिना परेपछि सडक तथा खेतवारीमा असिनाले केही बेर ढपक्कै छोपेको थियो ।
यो खवर तयार पार्दै गर्दा बेलुका साढे ६ बजेसम्म पनि असिना पानी जारी छ । असिना पानी बेलुका ४ बजेतिरवाट सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस