कमेडीका जज सन्तोष पन्त भन्छन ‘हिमेसको भोट १० लाखले बढी छ, कसरि खबपुले जित्छ?’


चैत्र १, काठमान्डौ । ‘कमेडी चेम्पियन’को उपाधिमा खबपुका समर्थकले बिरोध गरेपछि निर्णायक सन्तोष पन्तले हिमेसको भोट दश लाख भन्दा धेरै अन्तरले जितेको दाबि गरेका छन् । भोटमा चलखेल नभएको बताउदै इसेवाको भोट हेर्न समेत आग्रह गरेका छन् ।

खबपुका समर्थकले चार बजेसम्म भोट भएको दाबि गर्दै उनीहरुले १२ बजे सम्मको मात्रै भोटलाई मान्यता दिनुपर्ने माग गरिरहेको बेला निर्णायक पन्तले इसेवाको भोट हेर्न आग्रह गरे, उनले भने ‘हेर्न चाहानु हुन्छ भने इसेवाको भोट छ हेर्नुहोस ।’

पन्तका अनुसार खबपु र हिमेसको भोटमा १० लाखको अन्तर रहेको बताए । उनले भने ‘हामीले हेर्दाखेरि १० लाख भोटको डिफरेन्सको भोट छ’ । उनका अनुसार विदेशबाट आएको भोटमा १ लाख र इसेवाबाट आएको भोटमा ९ लाखको अन्तर रहेको बताए । भोट अधिकार जनतालाई दिएको हुनाले जजहरुको कुनै दोष नरहेको उनले सुनौलो नेपाललाई स्पस्ट पारे ।

खबपुलाई हराउन धाँदली भएको भन्दै समर्कथकहरुले मेडी च्याम्पियन बिरुद्द समेत नाराबाजी गरेका थिए । उनीहरुले अर्गानिक कमेडीलाई महत्व नदिएर कमेडी च्याम्पियनले पैसाको ब्यापार गरेको आरोप लगाए ।

भोटिंग सुबिधा दिएको इसेवा चोर भएको भन्दै इसेवा बिरुद्द कार्यक्रम स्थल बाहिर नाराजुलुस लगाएका थिए । इसेवालाई खारेज गर्न नारा जुलुस लगाएका थिए । इसेवाबाट मात्रै भोट गर्ने प्रक्रिया कमेडी च्याम्पियनलाई शहरीकरण गरेको आरोप लगाएका थिए ।

यो पनि पढ्नुहोस 

कमेडी च्याम्पियन बिबादमा तानियो, खबपुका समर्थकले रिजल्ट आउट गर्न माग गरे

धादिङका हिमेश बने पहिलो ‘कमेडी चेम्पियन’

२०७६ चैत्र १,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको