चैत १, काठमाडौँ । धादिङका हिमेस पन्तले ‘कमेडी चेम्पियन’को उपाधि चुमेका छन् ।
नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’मा उनले दुई जना प्रतिस्पर्धीलाई पछि पार्दै कमेडी चेम्पियनको उपाधि हात पार्न सफल भएका हुन् ।
कान्तिपुर टेलिभिजनबाट प्रशारित रियालिटी शो कमेडी च्याम्पियनको उपाधिसँगै उनले २५ लाख नगद र कार पुरस्कार हात पारेका छन ।
कोरोना भाइरस संक्रमणका कारण नेपाल सरकारले भिडभाड हुने कुनै पनि गतिविधि नगर्न आग्रह गरेपछि आयोजक टीमले च्यासलस्थित आफ्नै स्टुडियोमा ग्राण्ड फिनाले कार्यक्रम गरेको हो ।
ग्रान्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त रहेका थिए । सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट सो’मा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन् ।
‘कमेडी च्याम्पियन’ विशाल भण्डारीले निर्देशन गरेका हुन् भने विभिन्न रियालिटो शो को सञ्चालन गर्दै आएकी रिमा विश्वकर्माले सञ्चालन गरेकी छन् । ‘कमेडी च्याम्पियन’मा मनोज गजुरेल, सन्तोष पन्त, ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायक रहेका थिए ।
तस्बिर: डीबी बुढाथोकी, पोष्टपाटी
प्रतिक्रिया दिनुहोस