साउदी अरवको यो निर्णयले लाखौ नेपाली प्रभावित


चैत १, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै साउदी अरबले भोलि (आइतबार)देखि दुई हप्ताका लागि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएको छ ।

साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले आज (शनिबार) गरेको निर्णयअनुसार आइतबार स्थानीय समय बिहान ११ बजेदेखि आफ्नो मुलुकमा कुनै अन्तर्राष्ट्रिय उडान गर्न दिइने छैन ।

यो निर्णयसँगै साउदीमा कार्यरत झन्डै ४ लाख नेपाली पनि प्रभावित हुने भएका छन् । अर्थात् स्वदेश फर्किन चाहने नेपाली आउन नपाउने भएका हुन् ।

साउदी प्रेस एजेन्सीका अनुसार यो २ हप्तामा कुनै विशेष परिस्थितिमा आएमा भने प्रतिबन्ध लगाइने छैन । यस अवधिका स्वदेश फर्कन नसक्नेका लागि बिदा दिने निर्णय पनि साउदी सरकारले गरेको छ ।

साउदी स्वास्थ्य मन्त्रालयले आन्तरिक मामिला मन्त्रालय, नागरिक उड्डयन मन्त्रालय र सरोकारवाला निकायसँग छलफल गरेर घर फर्कन चाहने नागरिकलाई के गर्ने भन्ने व्यवस्था गर्नेछ।

यसअघि साउदी अरबले युरोपेली युनियनअन्तर्गतका सबै र एसिया र अफ्रिकाका १२ वटा देशका यात्रुलाई प्रवेशमा रोक लगाइसकेको छ । शनिबार बिहानसम्म साउदी अरबमा ८६ जनामा संक्रमण देखिएको छ ।

१ चैत्र २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको