दाङमा एक लाख ७१ हजार रूपैयाँसहित १० जुवाडे पक्राउ [नामसहित]


चैत १, दाङ । प्रहरीले झन्डै पौने दुई लाख रकमसहित घोराहीबाट दश जुवाडेलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपी सुमित खड्काका अनुसार पक्राउ पर्नेहरुमा रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ६ निगालपानी निवासी ५३ वर्षीय दुर्गा पुन, सोही वडाको निगालपानी निवासी होटेल सञ्चालक ३८ वर्षीया छबी पुन, वडा नं. ७ डुर्विङ निवासी ३९ वर्षीय रेशम रोका, सोही ठाउँका ३२ वर्षीय सोमपाल बस्नेत, ४९ वर्षीय धनबहादुर घर्ती, मगर लगायत छन्।

त्यस्तै दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ रतनपुर निवासी ३५ वर्षीय पदमबहादुर बुढा, घोराही १३ कमलघारी निवासी ३९ वर्षीय दुर्गालाल रोका, घोराही १८ मसिना निवासी ४३ वर्षीय फाले घर्ती, घोराही १४ पुरानो बसपार्क निवासी ५२ वर्षीय गनबहादुर घर्ती, घोराही १५ रतनपुर निवासी ३५ वर्षीय जनक पुन रहेका छन्।

घोराही उपमहानगरपालिका वडा नं. १४ लखन पार्क नजिक रोल्पाली सृष्टि खाजा घरमा जुवा खेली रहेका गोप्य सूचनाको आधारमा शुक्रबार दिउँसो साढे चार बजेतिर एकलाख ७१ हजार पाँचसय ८० रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

२०७६ चैत्र १,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको