‘२५औं जनयुद्द दिवस’ एक समिक्षा


हरेक दिवसहरु विगतको स्मरण गर्दै भविस्यको लागि दिशा निर्देश गर्नका लागि मनाइन्छ । केहि दिवसहरु लक्ष्य पुरा भइसके पछि मनाइन्छन, केहि अधुरा लक्ष्य उद्देश्य प्राप्त गर्न मनाइन्छन ।

सत्तासिन नेकपाले जनयुद्ध दिवस मनाइ रहदा शहिदहरु, वेपत्ता योद्दाहरु, घाइते-अपंगहरु, जेल जीवन विताउनेहरु र सर्बहारा बर्गहरुको सपनाहरु वेचेर सिमित मानिसहरु रमाई रहेका छन् । उनीहरुलाई एउटा भ्रम छ, ‘एमाले समुहलाई जनयुद्ध दिवस मनाउ लगायौं !’

बस्ताबमा माकेले जनयुद्दको बिरासत भुलेर एमाले भएपछि जनयुद्द दिवसले स्वयम् गिज्याइ रहेको छ । गिर्जा वाबुले सदरमुकाहरुमा हमला गर्न आदेश दिएको बकम्फुसे गफमा प्रचण्डको जनयुद्द दिवश खुम्चिएको छ ।

प्रचण्डले मालेमा वादको मार्गदर्शक सिद्दान्तको आधारमा सुरु गरेको जनयुद्ध पछि आफ्नो व्यक्तिगत स्वार्थ पूरा भएसँगै माओवादलाई छाडेर हँसिया र हतौडालाई सुर्य भित्र कैद गरेका छन् ।

बरु सडकमा रहेका माओबादि घटकहरु २५ औं जनयुद्ध दिवस धुमधाम संग मनाए । सहिदको सपना अझै अधुरो रहेको उद्घोष गरेका छन् ।

बिद्रोहको बाटो समाएको नेकपाले देश तथा विदेशमा घनिभूतरुपमा जनयुद्द दिवश मनायो । दिवश मनाउदै गर्दा सत्ताधारी माओबादीहरुले धरपकड तथा गिरफ्तारी समेत गर्यो ।

जनयुद्द दिबसको अर्थ त्यतिवेला हुन्छ, जतिवेला विदेशका गाल्लिहरुमा युद्धवाट वाँकिरहेको जीवन विताइ रहेका योद्धाहरु स्वदेशमै रोजगार पाउने छन । जतिवेला नागरिकहरु उपचार गर्न नपाएर आत्महत्या गर्ने छैन्न, जतिवेला नेपाली चेलिहरु यौन धन्दाको लागि वेचिने छैन्न, जतिवेला प्राकृतिक स्रोत र साधनहरु स्वदेशमै प्रयोग हुने छन र राष्ट्र स्वाधिन हुनेछ ।

त्यसपछि मात्र जनयुद्धका लक्ष्यहरु पूरा हुनेछन ।

लेखक अखिल क्रान्तिकारी केन्द्रिय सदस्य हुन्

२०७६ फाल्गुन २,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको