तकसेरा समाज जापानका सल्लाहकार रुपिलाल बुढाको विदाई


पुस २९,  जापान । तकसेरा समाज जापानले समाजका सल्लाहकार रुपिलाल बुदा मगरको बिदाई गरेको छ ।

बिगत लामोसमय देखि जापानमा बस्दै आएका रुपिलाल बुदा मगर सदाका लागि कर्मभूमि छाडेर जन्मभुमि नेपाल फर्किन लागेको हुनाले गएको शनिबार साँझ उनको विदाई कार्यक्रम गरिएको हो ।

अध्यक्ष तिर्थमान बुदा मगरको अध्यक्षतामा सुरु गरिएको कार्यक्रमको प्रमुख अतिथि विदाई गरीन लागीएको रुपिलाल बुदा मगर लाई नै राखिएको थियो भने अतिथिहरुमा सल्लाकार तपजित बुदा मगर, रामसुर बुदा मगर र संरक्षक कौडा बुदा मगर थिए । अविश्यक बुढा मगरको उद्घोषण रहेको विदाई कार्यक्रममा उपाध्यक्ष रामकुमार बुदा मगरले स्वागत मन्तव्य दिए ।

अतिथिहरुको बिदाई मन्तव्य सकिए लगत्तै विदाई भई जाने प्रमुख अतिथिलाई पगरी,खादा र सम्मान पत्र द्वारा स-सम्मान सामूहिक विदाई गरियो । विदाई पश्चात रुपिलाल बुढा मगरले समाजमा आफुले पुर्याएको धेरथोर योगदानको क़दर गर्दै आज नेपाल फर्कँने क्रममा साथीहरुले सम्मानका साथ विदाई गरीदिँदा आफु हर्षविभोर रहेको बताए ।

सभापति तथा अध्यक्ष तिर्थमान बुढाले औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेपछी सबै नाचगान र खानपिन तिर केन्द्रित भए । टोयोटाशी स्थित बिजीबी रेष्टुरेण्टमा आयोजित उक्त विदाई कार्यक्रमको संयोजकत्व श्याम घर्ति मगरले गरेका थिए ।

२९ पुष २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको