अनुसन्धान विभाग सहायक सूचक चतुर्थ श्रेणिको किताब बजारमा


पुस २९, काठमाडौँ । सफलताको सारथि राष्ट्रिय अनुसन्धान विभाग सहायक सूचक चतुर्थ श्रेणिको किताब आजबाट बजारमा आएको छ । पत्रकार एवं लेखकद्वय सम्झना पौडेल र प्रशिक्षक सविन घिमिरेले पुस्तक बजारमा ल्याएका हुन ।
एक कार्यक्रमका बिच गुरु पब्लिकेसनले आजबाट पुस्तक बजारमा आएको जानकारी गराएको छ । पुस्तकमा अनुसन्धान विभाग सहायक सूचकका लागि आवश्यक सम्पुर्ण सामग्री समावेश भएको पब्लिकेसनले जनाएको छ ।
“ज्ञान पुर्ण हुदैँन, हामीले पुस्तकमा प्रथमपत्र र द्वितीयपत्रको पाठ्यक्रम अनुसार सबै बिषयबस्तु समावेश गरेकाले पनि सहायक सूचक चतुर्थ श्रेणिको लागि पुस्तक बहुउपयोगि हुने विश्वास लिएका छौँ– लेखकद्वय ।”
देशभरका सबैजसो महत्वपूर्ण पुस्तक पसलहरुमा यो पुस्तक उपलब्ध हुने छ । पुस्तकको मूल्य ५५५ रुपैयाँ राखिएको छ ।
२९ पुष २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको