दाङमा स्कारपियोले स्कुटरलाई ठक्कर दिंदा एकजना घाईते

सांकेतिक फाइल तस्बिर

मङ्सिर २८, दाङ । दाङमा स्कारपियोले स्कुटरलाई ठक्करदिदा एक जना घाईते भएका छन् ।

आईतबार बेलुका करिब ७ बजे तुलसीपुरको बीपी चोकमा प्रदेश ३–०१–०२२ च ४९३९ नम्बरको स्कारपियोले बा ७५ प ४२५५ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक तुलसीपुर ५ प्रगतिटोल निवासी बर्ष २१ का तिलक रावत घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरक्षक झलक शर्माले जानकारी दिएका छन् ।

घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको उनले बताए । ठक्कर दिने गाडी र चालक लाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

२८ मंसिर २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको